उसको देशप्रेम र म

हरेक साँझ

उसलाई यहि चिन्ता हुन्छ –
यसरी कहिले देश बन्छ ?

सब नामर्दहरु…
नालायकहरु….
देशघातीहरु…
ऊ फलाकिरहन्छ एक्लै –
देश छोड्नेजति सब नामर्द हुन्
भेडा चराउनै विदेश जानुपर्छ ?
खेत खन्न, दाउरा चिर्न यता पाइदैन र ?
भाँडा माझ्न विदेशनै जानुपर्छ ?

उसको आक्रोश देश छोड्नेहरुप्रति मात्र हो
यसरी कहिल्यै देश बन्छ ?
उसलाई यहि चिन्ता हुन्छ
हरेक साँझ –
“भट्टीपसल छिरेको एक घण्टापछि”

लौ न सरकार
म ऊ जस्तै देशभक्त बनूँ .. ?

वा उसले भनेजस्तै नालायक ??

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s