बाँच्न गाह्रो कि मर्न ??

बाँचियाे ।

        थाहा छैन मर्दाकाे अनुभव कस्ताे हुन्छ, तर बाँचिरहँदा यस्ताे लाग्न थाल्याे मर्न भन्दा बाँच्न पाे गाह्रो  हुन्छ क्यारे  !!!

२०७२ बैशाख १२,    काठमाडौं  ।
मध्यान्हमा भूकम्प गएपछि घरभित्रै बस्ने अवस्थानै रहेन । अाफू बाँचेपछि कहाँ के के भयाेे भनेर हेर्नै पर्याे ।  डुल्न हिँडियाे । सबै हतास । सबै चिन्तित । सबै डराएका । मन स्थिर रहने त कु्रै भएन ।

दिन त जसाेतसाे कट्याे । चिन्ता तब बढ्न थाल्याे जब साँझ पर्न थाल्याे – तर पराकम्पनहरू राेकिएनन् । हरे, जुन घर सुरक्षित रहनका लागि बनाइएका थिए, त्यहीँ भित्र पस्न कत्राे डर । ढाेकाबाट भित्र पस्याे कि घर हल्लिन थालिहाल्थ्याे ।

घरभित्र सुत्न कसैगरि सुरक्षित भएन । के थाहा कतिबेला कत्राे भूकम्प अाउने हाे, अनि घर भत्काउने हाे र सुतिरहेकै ठाउँमा घरले थिचेर मार्ने हाे ?

अोढ्ने अाेछ्याउने बाेकेर सुरक्षित, खुल्ला ठाउँकाे खाेजिमा हिँडियाे । काठमाडाैँमा खुला ठाउँ भनेकाे उहि सडक न हाे । वरिपरिकाे कुनै पनि घर भत्किएर यहाँसम्म अाइपुग्दैन भन्ने भएपछि बीच सडकमा अाेछ्यान…. ।

तर त्याे सडककाे बास पनि धेरै घण्टा टिकेन । राती एक बज्न लाग्दै गर्दा पानी पर्न लाग्याे ।

अरे यार प्रकृति कति क्रुर हाे क्या । भूकम्प, अनि सँगै वर्षा पनि ? घर बाहिर बस भन्न खाेजेकाे कि भित्र ? अनि अघि हल्लाएर भत्काएका घरका मानिसलार्इ चाहिँ कता जाअाे भन्न खाेजेकाे ? कम्तीमा यति त बाेलिदिए हुने नि ।

भाेलिपल्ट ।

काठमाडाैँमा बसिरहनु उचित थिएन । न बिजुलीकाे भर, न पानीकाे । गाउँमा भए कम्तीमा पानीकाे त चिन्ता हुँदैन । न त सडककाे बीचमा, त्याे पनि ठेलमठेल गरेर सुत्नु नै पर्छ  । सानाेतीनाे एक झर पानी त एउटा ठूलाे रूखैमूनी अाेत लागे पनि टर्छ ।

घरतर्पफकाे यात्रा । ट्रकमा । पछाडि ।

अघिसम्म स-साना पराकम्पनहरू अाइरहेका थिए । ट्रकमा चढेपछि थाहा हुन छाेड्याे । शकुसल घर पुग्ने अाशा ।

भत्किनु अगाडी

SWEET HOME !!!

यात्रु झर्न ट्रक राेकेकाे समयमा अर्काे ठूलाे भूकम्प गयाे । ट्रकमाथि बसेर पनि भूकम्पकाे अनुभव लिइयाे । अनि डाँडामाथिबाट पहिराे खस्याे । धन्न बाटाेसम्म अाइपुगेन।

हत्तेरिका । भूकम्प – गाडी राेकेको समयमा अायो, अनि पहिराे पनि  –  बाटोसम्म नअाइपुग्ने ठाउँमा परेछ । र फेरी बाँचियाे । बाँच्न त बाँचियाे, तर अाज चाहीँ गाउँकाे घर पनि पक्का भत्कियाे ।

………………………………………………………………………………….

करिब एक घण्टाको यात्रा अझै बाँकी छ ।

बेलुका ।

भत्केको घर अगाडी हजुरबा- हजुरआमा

भत्केको घर अगाडी हजुरबा- हजुरआमा

दिउँसाेकाे अड्कल मिल्याे । घर भत्कियाे । गाउँभरीकाे एउटा घर बाहेक अरू सबै क्षतबिक्षत । अधिकांश पूरै ढलेका । अनि बाँकी केहि नढलेका चाहिँ  — अलि जाेडले हावा लागे ढल्ने खालका ।

खाना खाने ठाउँ एउटै, सुत्ने ठाउँ एउटै : गाउँभरिकाे । सुत्नकाे लागि भनेर, ढलेकाे घरकाे जस्ता उठाएर छानो हालीएको टहराे बनिसकेकाे थियो —  बारीकाे पाटोमा । सानाेतिनो पानी त छेक्थ्याे । हावा पनि लाग्याे भने बाछिटाले भिजाउँथ्याे । ठूलै पानी परे त भल नै पसिहाल्थ्यो ।

   अर्को दिन बिहान ।

उत्खनन् सुचारू गर्नु छ । कताबाट  के निकाल्ने,  कहाँनेरबाट सुरू गर्ने केहि टुङ्गाे छैन । एउटाको त  छानाे पनि ढुङ्गाकाे थियाे । गाह्रोकाे ढुङ्गामाटाे त भयाे भयाे, त्याे माथि छानाेकाे ढुङ्गा पनि । हत्तेरिका !!  जस्ताकाे, खरकाे छानाे भएकाे भए पनि त कति सजिलाे हुन्थ्याे पन्छाउन पनि !

भत्किएकाे घरकाे थुप्राेबाट अलिअलि लुगाकपडा निस्के । सबै धुलाम्मे । टकटक्याउँदै राखियाे । पानीबाट जाेगीन एउटा पाल टाँगीएको थियाे,  हाे त्यसकै मुनी ।।

गर्मी माैसम । काम गरिरहँदा खपिनसक्नु हुन्थ्याे । प्रकृतिलार्इ दया जागेछ कि ? एकछिनमा सिमसिम पानी पर्न थाल्याे ।

यतिमात्रै परे त ठीकै हाे, शित्तल हुन्छ ।

सोचेजस्ताे किन हुन्थ्याे र ? केहिबेरमा पानी दर्किन थाल्याे । त्यो एउटा पाल मुनी के – के पाे अाेत लाग्नु । अाफू, लुगाकपडा, अलिअलि भएकाे अन्न । अनि गार्इबस्तु नि !!

     बाँच्दाकाे पीडा अनुभव भयाे एकपटक ।

पानीमा भिजीरहेका गार्इवस्तु एकाेहोराे कराइरहन्छन् दिक्क लाग्नेगरी । अनि पानी पर्दाकाे एकनासकाे अावाज । सबैजना माैन । छेउछेउका लुगा, मान्छे, सबै भिज्छन् । अँगेनाेमा बलिरहेकाे अागाे भुस्कुट हुन्छ पानी परेर । केहिबेरमा पालमाथि जम्मा भएकाे पानी पनि चुहिन थाल्छ । हजुरबाले दुहुनुभएकाे एक मानो जति दुध भएकाे बाल्टी, हेर्दाहेर्दै पानीले भरिन्छ  र त्याे पनि पाेखिन थाल्छ । निकाल्न नभ्याइएका सबै चिज त्यही भग्नावशेष भित्र भिज्छन् । अझ हिलाम्मे हुन्छन् । त्यस्ताे हिलाेबाट अब तिनलार्इ निकाल्न कम्ता सकस हुनेछैन । अनि फेरी अागाे बाल्न न त अाेभाना दाउरा नै बाँकी छन् । थाहा छैन पानीकाे मुड के छ — एकछिनमा रोकिने हाे वा दिनभरी यसैगरी परिरहने हाे । परिरह्याे भने खाना कसरी, कहाँ पकाउने पनि टुङ्गाे छैन । बेलाबेला जाेडले हावा चल्छ, अनि त्यही पाल पनि उडाउँला जस्ताे गर्छ । टहराे मुनीकाे अाेछ्यान पनि सबै भिज्याे हाेला । बेलुका सुत्ने पाे कसरी हाे ? अाफ्नाे हालत त यस्ताे छ भने, स-साना बालबालीका अनि विरामीहरूले के गर्दै हाेलान् ? साेच्न पनि मन लाग्दैन । साेच्न थाल्याे भने अाफ्नै मन थप भत्किने बाहेक अरू केही पनि त हुँदैन ।

सबैकाे अनुहार चिन्तित देखेरै हाेला, हजुरबाकै बाेली फुट्छ – “अा, के चिन्ता गर्छाै ? दैवलार्इ के – के गर्नु पर्या छ, त्याे भएरै छाड्छ । चिन्ता गरेर केहि टर्ने हाेइन ।”

र्इश्वर प्रतिकाे विश्वासले मान्छेकाे अात्मबलचाहीँ दर्हाे बनाउँदाेरहेछ सायद । हजुरबाकाे जस्तै । थाहा छैन हजुरबाले दिनहुँ पूजा गर्ने देउताका मूर्ती र तस्विर कता पुरीएका छन्, तर तिनै देउताप्रतिकाे हजुरबाकाे विश्वास  कत्ति  पनि घटेकाे छैन । एकछिन  पछी  ती  देउताहरुको  पनि  उद्दार  गर्नुपर्ने छ  ।

धन्न केहि बेरमा पानी राेकिन्छ । अनि सबै अा अाफ्नाे काममा । दैनिकी यसैगरी चल्छ — बिहान उठ, भग्नावशेष खाेस्रिन थाल ।खाना खाउ, फेरी खाेस्रिन थाल । दिउँसाे खाजा खाउ, फेरी त्यही गर । भाेलिपल्ट पनि त्यही…. । नसकिएसम्म….. ।

SWEETER HOME ;(

    SWEETER HOME    ;(

घर त फेरि बन्छ, बन्छ । तर जिन्दगी ??  हरे !! एकदिन फेरि भूकम्प अाएर त्याे घर भत्किन सक्छ । फेरी संयाेगले बाँचिन पनि सक्छ, मरिन पनि सक्छ । बाँचियाे भने…… ? ठीकै  “हाेला “।  मरीयाे भने…….?  बाँच्नेहरूले – “कठैबरी मरेछ”  भन्नेछन् । रेडियाे, टि.भि. ले मृतककाे सङ्ख्यामा एक अङ्क बढाएर “यति जनाकाे मृत्यु भयाे” भन्नेछन् । बस्, जिन्दगी खत्तम !!

यस्ताे सम्झिएर बाँच्नु र पहिलानै मरिसक्नुमा कुन चाहीँ सजिलाे हाेला कुन्नी ???

तर, एउटा कुरा भनूँ ? मलार्इ मृत्युसँग डर लाग्न छाेड्याे । साँच्चै !! अब अलिकति डर लाग्ने भनेकाे मृत्यु भन्दा ठीक अगाडीकाे पीडाकाे मात्र हाे  🙂  🙂 ।।

[ याे अति दिक्दारीकाे अवस्थामा लेखिएकाे वास्तविकता हाे । निराशावादिता वा नकारात्मकताकाे रूपमा नलिर्इयाेस्  ]

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s