फरक

‘ कस्तो ढुंगा जस्तो मन ‘

– कसैले कसैलाई भनेथ्यो – ‘ कसै गरे पनि नपग्लने ‘

झल्याँस्स आज सम्झें –

मेरो मन पनि त आज सम्म पग्लिएको मलाई थाहा छैन !

कतै मेरो मन पनि ढुंगा जस्तै त छैन ?

पसें आफैभित्र

धुइंपताल खोजें मनलाई

तर अचम्म,

ढुंगा जस्तो मात्र होइन

ढुंगाकै पो रहेछ मेरो मन त !

चाहिएन मलाई नपग्लने ढुंगाको मन

निकालें,

फालिदिएँ

र अहिले तुलना गर्दैछु

ढुंगाको मन लिएर बाँच्नु र मन नै नलिई बाँच्नुको फरक !!

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s