नमेटिने स्मृतिहरू

एकपटक वि पी राजमार्गमा घरधूरी सर्वेक्षण गर्न जाने अवसर मिलेको थियो । २०७२ सालको बैशाख महिनाको पहिलो हप्ता धुलिखेल देखि खुर्कोट सम्म राजमार्गको आसपासमा उक्त सर्वेक्षण को काम थियो । हुन त त्यस्तो घरधूरी सर्वेक्षणमा म पहिलो पटक जाँदै थिएँ, तर आफ्नो घर पनि त्यतै भएकोले खासै अप्ठ्यारो होला जस्तो पनि लागेन । अनि भेगीय नाता पनि लाउँदै खुलेरै कुराकानी गरियो ।

नयाँ नयाँ ठाउँमा डुल्दै घुम्दै हिंड्दा थरिथरिका मान्छेहरु भेटिनु  र थरिथरिका व्यवहारहरु भोग्नु सामान्य कुरा नै हो जुन मैले पनि भेटें, भोगें । तर ति  एउटा बुढाका कुरा र दुइटी साना बच्चिहरुको व्यवहार भने अहिलेसम्म बिर्सिन सकिएन ।

 


 

— २०७२ बैशाख ९ , भकुन्डेबेशी

बुद्द बच्चिहरु 

> नानीहरू के गरिरा’को ?

– खेलेको ।

> के खेलेको ?

– मूर्ती बनाको ।   [ उनीहरू माटो मुछेर खेल्दै थिए ]

> के को मूर्ती बनाको ? बुद्दको हो ?   [ मैले अगाडि नै थाहा पाइसकेको थिएँ, त्यो घर लामाको हो र उनीहरू बुद्द धर्मावलम्बी हुन् । घर नजिकै फर्फराइरहेको झण्डाले त्यही संकेत गर्दथ्यो ]

– हो..ओ … ।

> अनि घरमा को हुनुहुन्छ त ?

– ममी हुनुहुन्छ । अनि हामी पनि…. ।  हजुर काँ’बाट आउनुभा’को ?

> म….. ? म पोखराबाट । ममी कहाँ हुनुहुन्छ त ?

– ममी माथेड हुनुहुन्छ । म बोलाउँछु नि है… ।     [ हात धोएर ठूलीचाहीँ ममीलार्इ बोलाउन हिँडी ]

                                                    ……………………………………….

> तिम्रो नाम के हो नि ?

– पासाङ । अनि हजुरको नि ?

> पासाङ लामा हो ?

– हो.. ओ …।

> मेरो …. आदित्य हो । अनि तिम्रो दिदीको नि ?

– दिदीको  ******** । हजुर के को लागि आउनुभाको ?

> म..। तिम्रो घरमा को को हुनुहुन्छ, के गर्नुहुन्छ भनेर सोध्न आ’को ।

– ममी हुनुहुन्छ.. , बाबा हुनुहुन्छ..।

> अनि दिदी, तिमी पनि.. – मैले थपेँ ।   [ उसले मलार्इ हेरेर हाँसी ]

– अनि तेसमा लेख्ने हो ?   [ मैले बोकेको फारमतर्फ देखाउँदै उसले सोधी ]

> हो नि ।

– मलार्इ पनि लेख्न आउँछ नि ।

> हो र ? के के लेख्न आउँछ ?

                                                              ……………………………….

[ दिदीचाहीँ आइपुगी ]

– ममी माथि  हुनुहुन्छ, माथि तलामा जानु न ।

> के गर्दै  हुनुहुन्छ र ? अहिले तल आउनुहुन्न रे ?

– सुतीरहनुभा’छ । टाउको दुखेको छ रे, तेसैले । जरो पनि आको छ अनि सुत्नुभा’को ।

> ए… हो र ? अनि बाबा कहाँ हुनुहुन्छ त ?

– बाबा त घरमा हुनुहुन्न अहिले । माथि नै जानु न ।

> अँ…….. , कति धेरै कुरा सोधेर लेख्नुपर्छ । ममीले पनि कति धेरै बोल्नुपर्छ । बिरामी हुनुहुँदोरै’छ , अहिले भयो, फेरि भोलिपर्सि आउँला नि है ।

[ फेरि भोलिपर्सि आउँला नि है भनेर ढाँटेछु । मलार्इ त्यही घरको जानकारी लिनुपर्ने बाध्यता त थिएन, जुन घरमा गएपनि हुन्थ्यो । त्यत्तिकै हिँड्दै गर्दा त्यहाँ पुगेको थिएँ । फेरी जानकारी लिनको लागि त जाने थिइनँ ]

– ए, हुन्छ ।

> अनि कति कक्षामा पढ्छै नि ?

– म पाँचमा ।

– म चाहीँ चारमा । सानीचाहीँ बोली ।

> अनि स्कूल कति बेला जाने त ?

– अलिबारमा । नौ  बजेपछि ।

> अनि भात कसले पकाउने त ?

– ममीले नै पकाउनुहुन्छ ।

> हो र …? चकलेट खान्छौ  ?   [ दुवैजनाले हेरेर हाँसे मात्र ]

> ल, एउटा तिमीलार्इ एउटा बहिनीलार्इ है त ।

[ दिदीचाहीँलार्इ दुर्इओटा चकलेट दिएँ । अघिनै हात धोएर ममीलार्इ बोलाउन गएकी थिर्इ । सानीचाहीँ अझैँ  मूर्ती बनाउँदै थिर्इ, सायद दिदीको भन्दा राम्रो बनाउँछु भन्ने सोच्दै हुँदी हो ]

> ल राम्रो सँग बस है त ..। अनि धेरै पढ है ।

– हुन्छ । [ उनीहरू फेरि मुस्कुराए ]

उनीहरूको बोली यति मीठो थियो अनि व्यवहार यति परिचित मान्छेसँगको जस्तो, त्यो लेखार्इमा व्यक्त गर्न संभव छैन । माटोको बुद्द बनाउँदै गरेका उनीहरूको व्यवहारमै बुद्दत्व भल्किन्थ्यो ।

अनि धेरै पढ है भनेर म त हिँडीसकेको थिएँ । उनीहरू फेरि बोले….

–  बार्इ बार्इ । भोलि  आउनुस् न है ।

> भोली त होर्इन, भोलि…..पर्सि अउँला नि है । बार्इ बार्इ.. ।

जान त फारम भर्न भनेर गएको थिएँ, तर उनीहरूको व्यवहारले यस्तो बनायो कि दुर्इओटा चकलेट दिएँ र रित्तै फारम बोकेर फर्किएँ ।

                                       —————————————————————————————————————————————————————————————————————–

— २०७२ बैशाख १०, डप्खा

बुढी बाहेक केहि पनि नभएका बुढा 

 

> बा को नाम बाटै सुरु गरौ न त !!

  • मेरो नाम “संग्राम सिंह माझी”…

> नाम नै संग्राम रै’छ लडाइँ कत्तिको गरियो त बा ? 🙂

  • आ बाबु बाथको रोग छ हिड्न त गार्हो पर्छ के को लडाइँ गर्नु नि …

> अहिले त कसरि गर्न सक्नु र ? गर्ने बेलामा चाहिँ कत्तिको गरियो भनेको नि  🙂

  • खै बाबु बेलाँ  नि तेत्ति गरिएन ।

> कति बर्ष हुनुभो’र बा ?

  • चार बिस पुग्न लागें ।

                                        …………………………………………….

> ऊ त्यो पारिपट्टिको नयाँ बाटो बनेर बा लाई  केहि फाइदा भा’छ कि छैन बा ?

  •  आ…. बाबु बाथको रोग छ । अहिले सम्म त्यहाँ पुग्न पनि सकेको छैन आफू त ।

> भनेपछि बाटाे बनेर बालार्इ केहि फार्इदा भा’काे छैन त ?

  • बाटाेले रमार्इलाे गरा’काे छ नि बाबु । गाडी गुड्छन । यहिँ बस्यो , हेर्यो । गाडी गनेर बस्छु म त  अस्ति एकदिन त आधा घण्टामै  ८० अाेटा जति अाए । यहिँबाट गनेर…….. बसेकाे ।  मैले आफैले गनेको ८० ओटा त ।

                                              …………………………………….

> घरमा रेडियो छ बा ?

  • छैन ।

>  टि. भी. छ त ?

  • छैन बाबु, छैन ।

> मोबाइल चाहिँ होला !! आजकल त सबै संग हुन्छ !!

  • आ बाबु, भए पनि चलाउन जाने पो ! छैन त्यो पनि ।

> ……….. ?

-………………….. ।

> बिजुली त रैन’छ, बत्ति बाल्न सोलार राख्नु भा’को छ त ??

  • [ हाँस्दै ] आ बाबु, मेरो त एउटी “बुढी” छ, अरु केहि पनि छैन ।

🙂 🙂 🙂 🙂 🙂 🙂 🙂 🙂 🙂 🙂 🙂 🙂 🙂 🙂 🙂 🙂 🙂 🙂 🙂 🙂 🙂 🙂 🙂
भन्न त बुढाले हाँस्दै हाँस्दै भने’थे ; ठट्टा गरे वा गम्भिर कुरो गरे, अहिले सम्म दोधारमा छु ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s