मुक्तक दोहोरी [पोखरा छोड्दै गर्दा]

बन्द थियो मनको ढोका, आई, खोली, आफैँ पसि 

हुँदाहुँदै डेरा जमाई,  सधैँ आफ्नै सुर कसि ……

हेर्नुहोस् न अहिले आएर कस्तो दोधार भयो भने 

आफ्नो हिँड्ने बेला भयो, ऊ चाहिँ यतैतिर बसी !!

बन्द अनि एक्लो मनलाई, सुन्दर बनाकी हुँ ..

अप्ठ्यारो र अँध्यारोमा, हात समाकी हुँ …..

गहभरी आँशु बोकी ओठमा हाँसो देखाउँदै

नचाहेरै बिदाइका, हात हल्लाकी हुँ …..!!

सम्झिएर आउने दिन, न त खाना खान सक्छु ।

जागिर छैन, ब्यापार छैन, न त संगै लान सक्छु ।

कस्ता मोड आउँदा रै’छन् जिन्दगीमा कहिलेकाहिँ 

तिमीलाई एक्लै यता, छोडी न त जान सक्छु ।।

मौका देऊ हाम्रो सुन्दर, घरबार बनाउनेछु ।

तिम्रो सुन्दर सपनालाई, साकार बनाउनेछु ।

मैले पनि सुख चैन, कहाँ खोज्ने छु र ??

तिम्रो न्यानो अंगालोलाई, दरबार बनाउनेछु  ।

सपनाको सँगालोले, सधैँ जीवन चल्छ होला ?

स्याउलाको बङ्गलाले, सधैँ जीवन चल्छ होला ?

भूकम्पले भत्काई गयो बस्ने पक्का घर’नि छैन 

मात्रै तिम्रो अँगालोले, सधैँ जीवन चल्छ होला ?

पैसा मात्र रोज्छौ भने, मलाई नरोज भो !

यति स्वार्थी रै’छौ आखिर मलाई नखोज भो !

तिम्रो लागि सब्बै पीडा खप्न सक्ने भा’की थिएँ ..

सुख, महल सोच्छौ भने, मलाई नसोच भो !!

ठिकै त हो बिहान हुन, पहिला रात पर्नुपर्छ…

त्यो प्रिय वसन्त आउन, प्रत्येक पात झर्नुपर्छ..

नरिसाउ न ! जागिर खाउँला, घर बनाउँला, अनि तिमीलाई  लिन आउँला 

अनि नयाँ जिन्दगीको, सुरुवात गर्नुपर्छ …!!!

.

.

[ पोखरा छोडेर हिड्दै गर्दा, प्रेमीकालाई पनि छोड्नुपरेको कल्पना गर्दै आदित्य आचार्य ले लेखेको मुक्तकमा गणेश पुरी ले प्रेमीका बनेर लेखेका मुक्तक, दोहोरीको रुपमा प्रस्तुत गरिएको हो ]

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s