About

wp-final

बाल्यकाल

हजुरबाले राखिदिनुभएको नाम : ज्ञानुरथ आचार्य 

फुर्सद हुनेबित्तिकै कुटो बोकेर आफैंले बनाएको बगैंचातिर लागिहाल्ने बच्चा ।

पहिलोपटक एक्लै बसेर रेडियो खोल्न लाग्दा  – रेडियो भित्रका मान्छेहरु निस्केर कुट्ने हुन् कि भनेर डराएको बच्चा ।

ठूलो भएपछि, सबैभन्दा पर देखिएको पहाडको टुप्पामा पुगेर आकाश छुने लक्ष भएको बालक ।

बाख्रा चराउन जाँदा सधैं रेडियो बोकेर जाने र रुखमा चढेर रेडियो सुन्दै बाख्रा हेर्ने सोख भएको केटो ।

खरबारी तथा जंगलतिर गएर घन्टौँसम्म एक्लै डुलिरहने एकलकाटे/जंगली // एकान्तप्रेमी/ प्रकृतिप्रेमी   केटो ।

कक्षा एक देखि कक्षा दश सम्म रोल नं. १ भएको हुनाले आज्ञाकारी विद्यार्थी, त्यसैले गुरुको पिटाइ कहिले पनि नखाएको विद्यार्थी ।

श्री प्रगतिशील उच्च माध्यमिक विद्यालय, झा. रा. – २, बोहोरेटार, सिन्धुली बाट एस. एल. सि. मा विशिष्ट श्रेणी ल्याउने पहिलो विद्यार्थी [ सामुदायिक विद्यालय को तर्फबाट छात्र समुहमा जिल्ला प्रथम पनि भएको विद्यार्थी ]  – २०६५ साल ।

अहिले

लाग्दै छ, सोचाइहरु, विचारहरु समयसंगै परिवर्तन हुँदै जाँदा रहेछन् ।  नत्र भने; बच्चा बेलामा –

रेडियो भित्र पक्का पनि स-साना मान्छेहरु हुन्छन् भन्ने लाग्थ्यो । [ टि. भी. त देखेकै थिएन ] समय बित्दै जाँदा थाहा भयो, होइन रहेछ ।

सबैभन्दा पर देखिएको पहाडको टुप्पोमा पुग्ने हो भने त आकाश छुन पाइन्छ भन्ने लाग्थ्यो, त्यो पनि होइन रहेछ ।

राजालाई त जे सोधे पनि थाह हुन्छ भन्ने लाग्थ्यो, पछि थाहा भयो तिनी पनि आफैं जस्ता मान्छे पो रहेछन् ।

पैसा छाप्ने मान्छेलाई, पैसा छाप्ने बेलामा त कट्टु मात्र लगाउन दिन्छन् होला, नत्र त उसले खल्ती, पर्समा हालेर कति पैसा लुकाएर लैजाँदो हो भन्ने लाग्थ्यो । तर…………….

अमेरिका हामीभन्दा ठिक मुनि छ रे भनेको सुन्दा लाग्थ्यो – आफू बसेको ठाउँबाट खाल्डो खन्दै जानुपर्ला अनि त अमेरिका पुगिहालिने रै’छ नि  ।

यी सब सम्झंदा अहिले आफैँलाई हाँसो उठ्छ । भनिसकें – सोचाइहरु, विश्वासहरु समयसंगै परिवर्तन हुँदै जाँदा रहेछन, त्यसैले मेरा कुनै निश्चित विचारहरु छैनन् ।  त्यसैले, कुनै दिन यस्तो पनि आउन सक्छ जब म अहिले सोचेका कुराहरु सम्झेर आफैं हाँसीरहेको हुनेछु  । 

भविष्य

थाहा छैन

 

Curriculum Vitae

Or can be downloaded here

Educational documents: https://drive.google.com/drive/folders/0B7AcdSGUyPa_TU5ZaUhZNWNBaVE?usp=sharing

Awards and training certificates: https://drive.google.com/open?id=0B7AcdSGUyPa_SkhjU2NSX09Ub1E

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s