एक हप्ता ‘सोलो ट्राभल’

र एक हप्ता डुल्ने निर्णय गरियो। एक्लै। Solo travel भन्छन नि! हो त्यस्तै 🙂

क्यानडाको लागि भिसा आवेदनको नतिजा आउन ढिला भएपछी, आठ हप्ताको इन्टर्नसिप फ्रान्समा नै गर्न पर्ने भयो जहाँ दोश्रो वर्षको पढाइको लागि पनि जाँदै थिएँ। इन्टर्नसिप सकिएपछी दोश्रो वर्षको पढाइ सुरु हुन एक हप्ता बाँकी थियो र फ्रान्सको भिसा लिन एकपटक हेलसिन्की पनि जानै पर्ने थियो। त्यसैले, फुर्सदको एक हप्तालाई सदुपयोग गर्ने निर्णय गरियो।

फिनल्याण्डको हेलसिन्की धेरैपटक गैसकेको हुनाले हेलसिन्कीमा डुल्ने योजना थिएन। फ्रान्सेली दुतावासमा पुगेर भिसा लिनु एउटै मात्र उदेश्य थियो। पोहोर, पहिलोपटक हेलसिन्की एअरपोर्टमा पुगेपछि, मुख्य शहर (city center) जाँदा बस चढेर गएका थियौं। कम्तिमा यो पटकको लागि हेलसिन्कीको यात्रा अन्तिम थियो। बस चढेर वरिपरी हेर्दै जान मन लाग्यो। नेपालको भन्दा दोब्बर भन्दा बढी क्षेत्रफल भएपनि फिनल्याण्डको जनसंख्या भने लगभग ५५ लाख (नेपालको जनसंख्याको ५ भागको १ भाग जति) मात्र छ। त्यसैले राजधानी पनि त्यस्तो भीडभाडयुक्त छैन। त्यहि भएर हो वा देश बाहिर पुगेको पहिलो ठाउँ भएर हो, हेलसिन्की पुग्दा पनि आफ्नै, परिचित ठाउँमा आइपुगेजस्तो लाग्छ। सायद, चार-पाँच घण्टा रेल चढेर आफू पढेको क्याम्पसमा पुग्यो भने आफूलाई चिन्ने साथीहरु छन्, माया गर्ने गुरुआमा, अन्य प्राध्यापकहरु छन् भन्ने भान भएर पनि होला कि।

With whom silence was never uncomfortable. But again, these were the ones I quarreled (debated) the most with 🙂

एकाबिहानै पुगेकाले, बिहान अनि दिउँसोको केही समय हेलसिन्की सार्वजनिक पुस्तकालयमा बिताएँ। बेलुकीपख, भिसा लिएपछि, हिंड्दै हिंड्दै पानीजहाज चढ्ने ठाउँ (port of Helsinki) सम्म गएँ। पानीजहाजबाट करिब २ घण्टामा इस्टोनियाको राजधानी टलिन पुगिन्छ। राति अबेरको जहाज चढेर करिब साँढे १२ बजे (port of Tallinn) टलिन पुगें। घुम्नकै लागि भनेर अगाडी पनि गैसकेकोले टलिन पनि घुम्ने योजना थिएन।

भोलिपल्ट बिहानै बस चढेर लात्भीयाको राजधानी रिगा जाने योजना भएकोले करिब ४ घण्टा त्यहि port भित्रै बिताउने योजना बनाएर गएको थिएँ। तर पानीजहाज बाट झरेको केही समयमै गार्डले अफिस बन्द भएको र सबैजना बाहिर जानुपर्ने कुरा बतायो। त्यहाँ भित्र बस्न पाइने नपाइने कुरा यादनै गरिएनछ। राति १ बजे कताको होटेल खोज्न जानु ? त्यो पनि ४ घन्टाको लागि ! केही समय यताउति डुलेपछी थकाई लाग्यो अनि बस स्टेसनमा गएँ र केही घण्टा बिताएँ। 20190826_212917

रात त कटाउनै पर्याे। डायरी निकालेर के के लेखेर बसिरहेको थिएँ, एउटा जंड्याहा आयो र कुन्नि केके भन्यो। वास्ता नगरे जस्तो गरेर आफ्नै सुरमा लेखेर बसें। ऊ पनि हेरेको हेर्यै बस्यो। केहीबेर पछी यसो हेरेर हाँसीदिएँ। फेरी कुन्नि के भन्यो। अंग्रेजी मात्र बुझ्छु भनेपछि अंग्रेजीमै, चुरोट खान्छस कि खाँदैनस् भनेर सोध्यो। सायद एउटा माग्नको लागि होला। खान्न भनेपछि थ्याँङ्क यु भनेर हिँड्यो।

***

अघिल्लो दिन सुत्न नपाएकाले, रिगा पुग्ने बित्तिकै होस्टल खोजेँ केही समय सुतेर र वरिपरी डुल्ने ठाउँहरु खोजेर, त्यो दिन होस्टलमै बिताएँ। अनि अर्को बाँकी २ दिनहरु ऐतिहासिक पुरानो शहर, समुन्द्रको किनार (Yurmala Beach), बोटानिकल गार्डेन आदि आदि डुलेर बिताएँ। पुरै इतिहाँस पढ्न मन भए यहाँ पढ्नुहोस् ।

***

त्यसपछिको अर्को २ दिन डेनमार्कको राजधानी कोपनहेगन। लोन्ली प्लानेट नामक ट्राभल गाइडले सन् २०१९ मा भ्रमण गर्न सिफारिस गरेका शहरहरु मध्येको पहिलो शहर। हाम्रो काठमान्डौ ५ नम्बर मा छ

 

एक्लै डुल्न हिँड्यो, प्लेनको सिटमा पनि एक्लै भइन्छ। पोहोर स्टकहोम जाँदा त्यस्तै भएको थियो, यसपाली पनि त्यस्तै त्यस्तै भयो। 😂

20190830_004323

When you start a solo travel, and even the airplane provides you a whole row of seats to sit alone!

निश्चित समयमा कतै पुग्नुपर्ने बाध्यता भए पो हराईने कुराको चिन्ता। समयमा पुग्नुपर्ने भनेको उही एअरपोर्ट र बस/ट्रेन स्टेसन हो। बाँकी जता गएपनि नयाँ, जता पुगेपनि अपरिचित। न कतै हराईनु, न कतै भेटाईनु ! पाँचौ दिन बिहानै कोपनहेगन पुगेपछि, दिन त्यस्तै हराईदै/भेटाईदै बित्यो। एउटा पुलमा बेन्च देखेर यसो पल्टेको, एक घण्टा घाटा लाग्यो, भुसुक्कै निदाइएछ !

20190831_161218

यहि पुलमा हो निदाएको फोटो चाहिँ भोलिपल्ट खिचेको 🙂

कोपनहेगन – महँगो त यसै हुने नै भयो। तर, पढ्नको लागि एक हप्ता अघि मात्र आउनुभएका दाइहरु भेट भएकाले बास बस्नको लागि असाध्यै सजिलो भयो। काँक्रोको कथा यहाँ फेरी दोहोरियो। तर यसपटक तरकारी पकाएरै खाइयो। अँ, यता बन्दालाई चाहिँ कहिल्यै पकाउँदैनन्, सधैं सलादको रुपमा काँचै खान्छन, अनि काँक्रो, गाँजर चाहिँ कहिलेकाहीँ पकाउँछन्। काँक्रोको तरकारी खाएको सुन्दा तपाइँलाई हाँसो लागेपनि यताको लागि यो सामान्य नै हो।

एक हप्ता अघि मात्र आउनुभएकोले दाइहरुको लागि पनि शहर नयाँ नै थियो। दोश्रो दिन सँगै डुलियो। अनि घरमै जसरि मजाले दालभात पकाएर खाइयो, सुतियो।

अर्को दिन बिहानै अन्तिम उडान थियो। पेरिस तिरको उडान महँगो भएकोले ब्रसेल्स तिरको उडान बुक गरिएको थियो। यतातिरको एउटा सजिलो यहि त हो – जुन देश (२६ ओटा) गएपनि भिसा मागिरहनु पर्दैन। पायक पर्ने जुन देशको एअरपोर्टतिर सस्तो टिकट पाइन्छ त्यतै तिर लाग्यो। बस अथवा ट्रेन चढ्यो, केही घन्टामै अर्को देश पुगीन्छ। उही राजनैतिक विभाजन मात्र न हो। जता पुगेपनि रहनसहन, पद्दति उस्तै उस्तै। भाषा अलि फरक फरक बोल्ने हुन्, तर जुन भाषा बोलेपनि आफूले बुझ्ने होइन क्यारे ! 🙂

मुक्तक

म जस्तो गरिबसँग आफूलाई बिकाउन खोज्छन्
सेकेन्डह्याण्ड सम्बन्ध गाँसेर जबरजस्ती टिकाउन खोज्छन्
खै, मैले चाहिँ ‘आत्मसम्मान’ के हो सिकाएर पठाइदिएँ
के थाहा को सिक्न भनेर आउँछन्, को सिकाउन खोज्छन् !!

“बाल्टिक सागर”

बेवारिसे तिम्रा तालहरुसँग बहकिएँ
किनाराका मौन सवालहरुसँग बहकिएँ
अल्ली पर पुगे’छि पो असली रुप देखायौ त
झन्डै तिम्रा छालहरुसँग बहकिएँ !!

20181014_140608

एउटा नुनिलाे कविता !

जबजब तरकारीमा नुन लाग्दैन

सम्झन्छु हजुरबाकाे यहि भान्छाकाेठा

तर अाश्चर्य,

ठ्याक्कै त्यहि बेला थाहा चाहिँ कसरी हुन्छ हजुरबालार्इ

कि नातीले बिलिनाे तरकारी खाँदै छ भनेर ?

पठार्इदिनलार्इ प्रत्येक पटक

मेरा अाँखामा नुन !??

Kitchen home