मुक्तक

फूटपाथका जीवनहरु पढ्नमै अभ्यस्त छ 

सधैँ यसैगरी चल्दैन भन्नेमा पनि बिस्वस्त छ 

प्राथमिकताहरुको एउटा निर्वाचन गर्न नसकेर 

आफैँ चाहिँ आजकल पूरै अस्तव्यस्त छ ।।  #माई_डियर_जिन्दगी 🙂

……………………………………………………………………………………………………

Is accustomed to reading the footpath lives

Is sure, just this way, it never survives !

Being unable to conduct an election of priorities

Itself’s a mess now! Still, there’s something for which it strives !!  #My_dear_jindagi 🙂

Collage

Advertisements

मुक्तक

सोचेजस्तो मुक्तकैले, सरकार कहिल्यै नढल्ने भो

हुँदा हुँदा यता आफ्नै, चुल्हो पनि नबल्ने भो

लखर लखर फूटपाथ डुल्यो, बेलका आयो मुक्तक लेख्यो

यस्तै चालले हो भने त, जिन्दगी नै नचल्ने भो ….                                        ६ २९ २०७३

मुक्तक

विद्रोहको आगो बल्दा फूटपाथ तिरै हुन्छु

बिजयको उत्सव चल्दा फूटपाथ तिरै हुन्छु

कुनै वादको अन्धभक्त नहुँदाको परिणाम होला

जुनै सरकार बन्दा / ढल्दा फूटपाथ तिरै हुन्छु                                       ६ १९ २०७३

मुक्तक

छैन राजनीतिको भय, फूटपाथ जिन्दाबाद

तमसोमा ज्योतिर्गमय, फूटपाथ जिन्दाबाद

न कहिल्यै जुहारी खेल्छ, न त सर्टिफिकेट बेच्छ

मेरै विश्वविद्यालय – फूटपाथ जिन्दाबाद                                           ६ २० २०७३

मुक्तक

लुकिछिपी परै जाओस्, प्रचार हुँदोरै’छ

खुलमखुल्ला मानवताकै, व्यापार हुँदोरै’छ

शहरको फूटपाथतिरै भेटिएको अर्को कुरा

………………………………………             ६ १९ २०७३

मुक्तक

कहिल्यै नबुझिने यो सहरको आनीबानी पढिँदैछ ।

समयको हिसाब-किताब, नाफा-नोक्सानी पढिँदैछ ।

आफू त अलि पढन्ते नै मान्छे परियो हेर्नुस् …

आजकल फूटपाथतिर जिन्दगानी पढिँदैछ ।।

२०७३।०६।०७