मुक्तक दोहोरी [पोखरा छोड्दै गर्दा]

बन्द थियो मनको ढोका, आई, खोली, आफैँ पसि 

हुँदाहुँदै डेरा जमाई,  सधैँ आफ्नै सुर कसि ……

हेर्नुहोस् न अहिले आएर कस्तो दोधार भयो भने 

आफ्नो हिँड्ने बेला भयो, ऊ चाहिँ यतैतिर बसी !!

बन्द अनि एक्लो मनलाई, सुन्दर बनाकी हुँ ..

अप्ठ्यारो र अँध्यारोमा, हात समाकी हुँ …..

गहभरी आँशु बोकी ओठमा हाँसो देखाउँदै

नचाहेरै बिदाइका, हात हल्लाकी हुँ …..!!

सम्झिएर आउने दिन, न त खाना खान सक्छु ।

जागिर छैन, ब्यापार छैन, न त संगै लान सक्छु ।

कस्ता मोड आउँदा रै’छन् जिन्दगीमा कहिलेकाहिँ 

तिमीलाई एक्लै यता, छोडी न त जान सक्छु ।।

मौका देऊ हाम्रो सुन्दर, घरबार बनाउनेछु ।

तिम्रो सुन्दर सपनालाई, साकार बनाउनेछु ।

मैले पनि सुख चैन, कहाँ खोज्ने छु र ??

तिम्रो न्यानो अंगालोलाई, दरबार बनाउनेछु  । Continue reading

Advertisements