मुक्तक

कवितामा हिमनदी र झरनाहरु झर्नु पर्छ 

गज़लले प्रदुषणको सक्दो बिरोध गर्नु पर्छ 

साहित्यका लागि मात्रै होइनन हाइकु मुक्तकहरु 

प्रकृतिलाई जोगाउन मुक्तक अघि सर्नु पर्छ ।।

२०६९ ९ २४

मुक्तक

कुसंस्कार, कुरीतिलाई,  घोच्ने गरौँ न हो !

मुक्त्तकैमा दुई-चार अर्ति,  कोच्ने गरौं न हो !

कति गर्ने माया अनि पिरतीका मात्रै कुरा !!

अरु केहि विषय’नि,  सोच्ने गरौँ न हो !

मुक्तक

बाँच्न पाउने स्वतन्त्रता लुट्छ बडादशैं 

निर्दोष प्राणी हत्या गर्न जुट्छ बडादशैं 

यस्तै रगतको खोलो बगाउन ‘मात्र’ भए !

किन फेरी आउने गरि छुट्छ बडादशैं !?

२०६६ ०५ ३०