मुक्तक

wp-final

भविष्यको गोरेटो सोझ्याउने रुलर खोज्दैछु..            अनि वर्तमानलाई तिखार्ने कटर खोज्दैछु..

अलि बढि सताउँदैछन् स्मृतिहरुले आजकल..           तिनै स्मृतिहरु मेट्ने इरेजर खोज्दैछु.. ।।

Advertisements

मुक्तक

तिम्रो घर अगाडिको, बाटो साटो टेकिँदैन

क्याम्पस स्याम्पस, क्याफे स्याफे कतै पनि भेटिँदैन

सधैँ यस्तै किचकिच गर्छौ, निहु मात्रै खोज्छौ भने

अब देखि तिम्रा नाममा, मुक्तक सुक्तक लेखिँदैन  !! 😌 😌

गजल

नजरैले  यो हृदय, हरेपछि मेरो के लाग्छ !!

चखेवीले जस्तै माया, गरेपछि मेरो के लाग्छ !!

थाहा छैन मेरै मुटु, खै कसरि उर्वर देखिन् !!

यसै सामु प्रितिबिज, छरेपछि मेरो के लाग्छ !!

अधरमा मुस्कान, र रातो गुलाफ बोकी आइन् !!

प्रणयको दिवसमै, परेपछि मेरो के लाग्छ !!

थाहा छ? उनले पनि, गज़लमै प्रस्ताब कोरिन् !!

शेर शेरमा प्रणय, भरेपछि मेरो के लाग्छ !!

पागलै पो भएँ क्याहो, थाहै नपाई टुक्रिएर !!

आधा मुटु उनीतिरै, सरेपछि मेरो के लाग्छ !!

बाचा गर्नु कता कता, हतार गर्दै जानाजानी !!

सगरका तारा आफैँ, झरेपछि मेरो के लाग्छ !!

2013, February 12

मुक्तक

जब काकाकुल ढुंगाका खोपिल्टाहरु गन्न थाल्छ !!

उता हिमाल लालिगुराँसले रंगिन बन्न थाल्छ !!

हो, त्यहि त हो मेरो प्रिय वसन्त…………

जब कोइली “काफल पाक्यो, काफल पाक्यो” भन्न थाल्छ  !                                                     -२०७०/०२/०६

 

मुक्तक

बादलुको घुम्टो ओढ्यो, चन्द्रमाले लजाएर

त्यसैगरी घुम्टो ओढाई, पन्चैबाजा बजाएर

जहिले भन्छौ त्यहिले नै लैजान्छु अब त भयो ?

डोली चढाई स्वर्गका ति, अप्सरा झैँ सजाएर                                                    – २०६९/ ०१/०२

मुक्तक

दुख्छ मुटु कसैको मन, रेटिदैन सहरमा … 

अनि पिउँछु अहँ प्यास नै, मेटिँदैन सहरमा …

सिंहदरबारदेखि सडक सडकमा डुल्छु…

कहिँकतै मानवता नै, भेटिँदैन सहरमा …

मुक्तक

त्यो पनि त उड्दो रैछ मेरो मन जस्तै गरि  !!!    

कहिले सुस्त सुस्त अनि कहिले बेजोड हावासरि..

ठ्याक्कै मेरै मन जस्तै उड्ने त्यो खासमा के हो ?

कतै गई रोकिन्छ कि गन्तव्यहीन सधै भरि  ! ? ?P1040809