साला अङ्ज्रेगी !

“मे आइ टेक द चेयर?” – म अगाडिको कुर्सितिर हेर्दै उसले सोधी ।

म योएन्सु सार्वजनिक पुस्तकालयभित्रकाे कुर्सीमा एउटा अङ्रेजी उपन्यास पढेर बसिरहेको थिएँ।

पहिलो पटक गएको हुनाले, पुस्तकालयमा अङ्रेजी भाषाका पुस्तकहरु कुनै ठाउँमा छुट्टै राखिएका छन् कि भनेर  सहयाेग कक्षमा सोधेँ। किनकि त्यहाँ प्राय: फिनिस भाषाका कितावहरु मात्र देखिन्थे।

“छ नि।” – पुस्तकालयका ती कर्मचारीले मलाई अङ्रेजी कितावहरुको संग्रह भएको दराज छेउ पुर्याइदिए र इन्टरनेट सिस्टममा केही खराबी आएकाले अहिले किताव लैजान चाहिँ नमिल्ने बताए। मैले अाफू पहिलो पटक अाएकाे र अाफूसँग पुस्तकालय कार्ड नभएको, त्यत्तिकै के कस्तो रै’छ भनेर हेर्न मात्र अाएको हाे भनेर बताएँ।

एकपटक सर्सर्ती दराजहरु चहारेँ। कुनै दिन पढ्नुपर्ला भनेर सोचेको एउटा किताव ठ्याक्कै भेटाएँ। यसो समय हेरेँ – साँझ पर्न अझै केही घण्टा बाँकी नै छ। कोठा त साँझ परिसकेपछि हिँडेपनि पुगिन्छ। चाँडै गएर के नै गर्नु छ र!

केहि घण्टा त्यहि उपन्यास पढेर बस्ने निर्णय गरेँ।

दराजबाट किताव झिकेँ, यसो वरिपरी हेरेँ, प्रायजसो टेबलहरु खाली नै थिए। नजिकैको टेबलतिर गएँ, एउटा कुर्सि तानेँ, झोला भुइँमा राखेँ, अनि किताव पढ्न थालेँ।

पढ्न भनेर बस्न त बसेँ, तर ध्यान कितावतिर खासै गएन। पहिलोपटक गएको ठाउँ, यसो छेउबाट कोही हिँडेपनि आँखा त्यतै जाने, कसैले केही बोले भने ‘मलाइ त भनेका होइनन् नि!’ जस्तो लाग्ने आदि आदि भयो। अर्थात् कितावतिर पर्याप्त ध्यान गएन।

मन नलागी नलागी पनि के पढ्नु। दश मिनेटजति पछि किताव बन्द गरेँ, टेबलमा राखेँ अनि खल्तिबाट मोबाइल निकाल्ने विचार गरेँ।

ठ्याक्कै त्यहि बेला ऊ मुस्कुराउँदै म तिर आई। ‘चिन्नु न जान्नुकि यो खैरेनि मलाई नै हेरेर मुस्कुराइरहेकि हो त!” म अलमलमा परेँ । यसो पछडि फर्केर हेरेँ, कोही थिएनन्। मुस्कुराउँदैमा के जान्छ र, म पनि मुस्कुराइदिएँ।

“के यसले पनि यहि किताव खोजिरहेकी थिइ? मैले नपढिकन बन्द गरेर राखेको भएर त्यो किताव माग्न आएकि त होइन?” मनमनै सोचेँ। “त्यस्तै हो रै’छ भने पनि, त्यति सजिलै त के दिनु र ! ‘पढ्दै थिएँ’ भनेर एकछिन निउँ त खोज्नै पर्छ। बाेल्ने बाहना पनि त हुन्छ। तर  दिन चाहिँ दिनुपर्ला !”

“मे आइ टेक द चेयर?” – म अगाडिको कुर्सितिर हेर्दै उसले सोधी ।

हत्तेरिका, ऊ त यहिँ बस्न पो आएकि रै’छे।

यसो हेरेँ अलि परको अर्को टेबल पनि खाली नै थियो। ऊ किन यहिँ बस्न आइ त! बसेर पढ्न होला भनूँ भने, उसको हातमा किताव पनि थिएन। ‘के ऊ यहिँ बसेर मैले राखेको किताव पढ्न चाहन्छे! अथवा कितावको बारेमा केही कुरा गर्न चाहन्छे? अथवा अरुनै केही कुरा गर्न चाहन्छे?’

“यस, स्योर” – अलि अकमकाउँदै भनेँ, अनि ज्यानलार्इ यताउती चलाएर अलि सजिलाे हुनेगरि बसेँ। ऊ अाफैँ अाएर “बसूँ?” भनेर साेधेकी हाे, कुराकाे सुरूवात पनि त अाफैँ गर्ली नि।

ठीकै छ! म पनि गफ गरिदिने मुडमा पुगेँ।

“थ्याङ्क यु”- मुस्कानलाई अझ गाढा बनाउँदै उसले भनि, सरक्क कुर्सि तानी र बोकेर हिँडि!!

साला अङ्ज्रेगी, लास्टै धाेका दिन्छ भन्या कहिलेकाहिँ त !!

Advertisements

Two Finnish jokes

These are the first two jokes I heard about Finland; one from a classmate and another from a professor. Though there can be some deviations in the jokes (I also found some deviations on the internet), the theme is – the Finns are of quite reserved nature and they do not speak much.

Introvert Vs Extrovert Finn –

Two Fins, an extrovert and an introvert were talking, standing face to face. The introvert was looking at the extrovert’s shoes.

Do you know what the extrovert was doing?

He was looking at the introvert’s shoes.

Don’t talk!

You have a very best friend from Finland. You meet him after a long time. Then you two decided to go to a bar and have a drink.

At the bar, you started asking many things (you’ve met after a very long time) to your Finnish friend.

And your Finnish friend will reply – “Are we here to drink or to talk??”

 

You can read more (funny) jokes here.

किन्दा स्याउ खाँदा अारू; फिनल्यान्डका सुरूवाती दिनहरू

दुई चार दिन अगाडि –

सुपरमार्केट गैयो,
“सधैँ खाइरा’को काउली/ बन्दा कति खानु, केही नयाँ तरकारी खाउँ न त आज” भन्ने लागेर नयाँ/नचिनेको तरकारी किनियो,
घर पुगेर ताछ्न खोजियो, कलिलै रै’छ ताछ्न नपर्ने भयो ।
त्यसलाई काटियो। केही चिनेकै जस्तो बास्ना आयो।
एउटा टुक्रो काटेर यसो चपाइहेरेको त “काँक्रो” पो रै’छ !

हिजो –

भोलि दिनभरी जङ्गलको यात्रा (field excursion) छ, खानेकुरा आफैँले बोक्नुपर्ने सूचना दिएको छ क्याम्पसले।
बोक्न पनि सजिलै हुन्छ भन्ने लागेर केही केरा, चकलेट र “स्याउ”हरु किनियो।
केरा पखालिरहन परेन, स्याउलाई चाहिँ पखालेर प्लास्टिकमा हालियो, बिहान हिँड्ने बेलामा।
दिउँसो खाजा खाने बेला भयो, बोकेका प्राय:सबैजसो खानेकुरा खाइयो।
अन्तिममा स्याउ निकालेर टोकियो, अनि बल्ल थाहा भयो – मैले किनेको स्याउ त “आरू” पो रै’छ! 😂

Image may contain: fruit and food

August 17, 2018