P(h)ages of life!

Dear ….. (I do not know your name ^ ^),

20190731_21183420190731_21192320190731_211954

[Random scratches from the diary. Do not mind the grammar, tense, … 🙂 ]

Advertisements

साला अङ्ज्रेगी !

“मे आइ टेक द चेयर?” – म अगाडिको कुर्सितिर हेर्दै उसले सोधी ।

म योएन्सु सार्वजनिक पुस्तकालयभित्रकाे कुर्सीमा एउटा अङ्रेजी उपन्यास पढेर बसिरहेको थिएँ।

पहिलो पटक गएको हुनाले, पुस्तकालयमा अङ्रेजी भाषाका पुस्तकहरु कुनै ठाउँमा छुट्टै राखिएका छन् कि भनेर  सहयाेग कक्षमा सोधेँ। किनकि त्यहाँ प्राय: फिनिस भाषाका कितावहरु मात्र देखिन्थे।

“छ नि।” – पुस्तकालयका ती कर्मचारीले मलाई अङ्रेजी कितावहरुको संग्रह भएको दराज छेउ पुर्याइदिए र इन्टरनेट सिस्टममा केही खराबी आएकाले अहिले किताव लैजान चाहिँ नमिल्ने बताए। मैले अाफू पहिलो पटक अाएकाे र अाफूसँग पुस्तकालय कार्ड नभएको, त्यत्तिकै के कस्तो रै’छ भनेर हेर्न मात्र अाएको हाे भनेर बताएँ।

एकपटक सर्सर्ती दराजहरु चहारेँ। कुनै दिन पढ्नुपर्ला भनेर सोचेको एउटा किताव ठ्याक्कै भेटाएँ। यसो समय हेरेँ – साँझ पर्न अझै केही घण्टा बाँकी नै छ। कोठा त साँझ परिसकेपछि हिँडेपनि पुगिन्छ। चाँडै गएर के नै गर्नु छ र!

केहि घण्टा त्यहि उपन्यास पढेर बस्ने निर्णय गरेँ।

दराजबाट किताव झिकेँ, यसो वरिपरी हेरेँ, प्रायजसो टेबलहरु खाली नै थिए। नजिकैको टेबलतिर गएँ, एउटा कुर्सि तानेँ, झोला भुइँमा राखेँ, अनि किताव पढ्न थालेँ।

पढ्न भनेर बस्न त बसेँ, तर ध्यान कितावतिर खासै गएन। पहिलोपटक गएको ठाउँ, यसो छेउबाट कोही हिँडेपनि आँखा त्यतै जाने, कसैले केही बोले भने ‘मलाइ त भनेका होइनन् नि!’ जस्तो लाग्ने आदि आदि भयो। अर्थात् कितावतिर पर्याप्त ध्यान गएन।

मन नलागी नलागी पनि के पढ्नु। दश मिनेटजति पछि किताव बन्द गरेँ, टेबलमा राखेँ अनि खल्तिबाट मोबाइल निकाल्ने विचार गरेँ।

ठ्याक्कै त्यहि बेला ऊ मुस्कुराउँदै म तिर आई। ‘चिन्नु न जान्नुकि यो खैरेनि मलाई नै हेरेर मुस्कुराइरहेकि हो त!” म अलमलमा परेँ । यसो पछडि फर्केर हेरेँ, कोही थिएनन्। मुस्कुराउँदैमा के जान्छ र, म पनि मुस्कुराइदिएँ।

“के यसले पनि यहि किताव खोजिरहेकी थिइ? मैले नपढिकन बन्द गरेर राखेको भएर त्यो किताव माग्न आएकि त होइन?” मनमनै सोचेँ। “त्यस्तै हो रै’छ भने पनि, त्यति सजिलै त के दिनु र ! ‘पढ्दै थिएँ’ भनेर एकछिन निउँ त खोज्नै पर्छ। बाेल्ने बाहना पनि त हुन्छ। तर  दिन चाहिँ दिनुपर्ला !”

“मे आइ टेक द चेयर?” – म अगाडिको कुर्सितिर हेर्दै उसले सोधी ।

हत्तेरिका, ऊ त यहिँ बस्न पो आएकि रै’छे।

यसो हेरेँ अलि परको अर्को टेबल पनि खाली नै थियो। ऊ किन यहिँ बस्न आइ त! बसेर पढ्न होला भनूँ भने, उसको हातमा किताव पनि थिएन। ‘के ऊ यहिँ बसेर मैले राखेको किताव पढ्न चाहन्छे! अथवा कितावको बारेमा केही कुरा गर्न चाहन्छे? अथवा अरुनै केही कुरा गर्न चाहन्छे?’

“यस, स्योर” – अलि अकमकाउँदै भनेँ, अनि ज्यानलार्इ यताउती चलाएर अलि सजिलाे हुनेगरि बसेँ। ऊ अाफैँ अाएर “बसूँ?” भनेर साेधेकी हाे, कुराकाे सुरूवात पनि त अाफैँ गर्ली नि।

ठीकै छ! म पनि गफ गरिदिने मुडमा पुगेँ।

“थ्याङ्क यु”- मुस्कानलाई अझ गाढा बनाउँदै उसले भनि, सरक्क कुर्सि तानी र बोकेर हिँडि!!

साला अङ्ज्रेगी, लास्टै धाेका दिन्छ भन्या कहिलेकाहिँ त !!