मुक्तक

म जस्तो गरिबसँग आफूलाई बिकाउन खोज्छन्
सेकेन्डह्याण्ड सम्बन्ध गाँसेर जबरजस्ती टिकाउन खोज्छन्
खै, मैले चाहिँ ‘आत्मसम्मान’ के हो सिकाएर पठाइदिएँ
के थाहा को सिक्न भनेर आउँछन्, को सिकाउन खोज्छन् !!

Advertisements

मुक्तक

अनियन्त्रित भई मनले, आफ्नै सुर कसेपछि ..

कता… उडीगयो झन, एउटै  हलमा पसेपछि..

खै के लेखें परिक्षा नि, थाहै नपाई सक्कीएछ….

के-के भयो भयो तिमी, छेउमै आई बसेपछि .. 🙂 

#All_inside_exam_hall

मुक्तक

विद्रोहको आगो बल्दा फूटपाथ तिरै हुन्छु

बिजयको उत्सव चल्दा फूटपाथ तिरै हुन्छु

कुनै वादको अन्धभक्त नहुँदाको परिणाम होला

जुनै सरकार बन्दा / ढल्दा फूटपाथ तिरै हुन्छु                                       ६ १९ २०७३

मुक्तक

छैन राजनीतिको भय, फूटपाथ जिन्दाबाद

तमसोमा ज्योतिर्गमय, फूटपाथ जिन्दाबाद

न कहिल्यै जुहारी खेल्छ, न त सर्टिफिकेट बेच्छ

मेरै विश्वविद्यालय – फूटपाथ जिन्दाबाद                                           ६ २० २०७३

मुक्तक

कहिल्यै नबुझिने यो सहरको आनीबानी पढिँदैछ ।

समयको हिसाब-किताब, नाफा-नोक्सानी पढिँदैछ ।

आफू त अलि पढन्ते नै मान्छे परियो हेर्नुस् …

आजकल फूटपाथतिर जिन्दगानी पढिँदैछ ।।

२०७३।०६।०७